USAID

लकडाउन घोषणा सँगै चीनको सान्यामा फसे ८० हजार पर्यटक

काठमाडौँ । कोरोना भाइरस प्रकोप पुनः फैलिन थालेको भन्दै स्थानीय प्रशासनले लकडाउन घोषणा गरेपछि चीनको हाइनान टापूपको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक फसेका छन् ।

विश्व सुन्दरी प्रतियाेगिता हुने सो सहरमा कोरोना भाइरस तीव्रताका साथ फैलिरहेको छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय प्रशासनले लकडाउनका कडा उपायहरुको घोषणा गरेको र त्यहाँ घुम्न पुगेका संसारभरका ८० हजार पर्यटक अलपत्र परेको बेइजिंगबाट एक पत्रकारले नेपाल समाजलाई बताए ।

पर्यटक आकर्षित गर्न हाइनानले करिब एक सय देशका पर्यटकलाइ बिनाभिसा प्रवेशको सुविधा दिइरहेको छ ।

सान्यामा सार्वजनिक यातायात एकाएक बन्द गरिएको छ । यस्तै शहर भित्र मानिसहरूको आवागमनमा शनिबार बिहानैदेखि पूर्ण प्रतिबन्ध लागेको छ । अलपत्र परी यहाँ फसेका पर्यटकहरूले कम्तिमा सात दिन होटलभित्रै बस्नेपर्ने र शहर छाड्नुअघि कोभिड १९ का ५ वटा परीक्षणहरु पार गर्नुपर्नेछ ।

सो शहरका उपमेयर ह सिकाङ्गले शुक्रबार करिब ८० हजार पर्यटक सहरमा फसेका बताए । हाल सान्यामा रहेका सबै र जुलाई २३ देखि सहर आएका मानिसहरूलाई शनिबार स्थानीय समयअनुसार बेलुका ६ बजेपछि हाइनान प्रान्तबाट बाहिर निस्कन अनुमति नदिइएको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.