USAID

सिट बाँडफाँट गर्न गठित कार्यदलको संयोजकमा सिटौला चयन

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको सत्तारुढ पाँचदलको कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्ण सिटौला चयन भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सिटौलालाई संयोजक चयन गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सिटौलालाई संयोजक बनाइएको जानकारी दिए । बैठकमा कार्यदलका सदस्यहरूबीच सम्मानजनक ढंगले सिट बाँडफाँट गर्ने प्रारम्भिक सहमति भएको बताइएको छ ।

सत्ता गठबन्धनले साउन मसान्तभित्र सिट बाँडफाँटको खाका तयार गर्न कार्यदल गठन गरेको छ । कार्यदलले दिएको सुझावअनुसार गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँटको टुंगो लगाउनेछन् ।

कार्यदलमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव डा.बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरिसकेको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्।

CivActsAd

Leave a Reply

Your email address will not be published.