USAID

१८ अङ्कले घट्यो नेप्से

काठमाडौं । आइतबार १० अङ्कले बढेको शेयर बजार सोमबार भने घटेको छ । सोमबार शेयर बजार परिसूचक नेप्से १७ दशमलव ६७ अङ्कले घटेर २ हजार १ सय ६ दशमलव १६ विन्दुमा झरेको छ ।

सोमबार उत्पादन र म्यचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक अन्य र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

दुई सय १४ वटा कम्पनीको ६५ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २० करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज जानकी फाइनान्सको शेयर चार प्रतिशतभन्दा धेरै तथा साम्लिङ पावर, एसियन लाइफ इन्सुरेन्स, कर्णाली विकास बैंक, माउन्टेन हाइड्रो नेपाल र युनाइटेड मोदी हाइड्रोको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि गुराँस लघुवित्त र हिमालयन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.