मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परी चार जना सैनिकको ज्यान गएको छ । मालीको सैनिक सङ्गठनले विज्ञप्ति जारी गरी घटनाबारे जानकारी दिएको हो ।
साथै हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो । हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि आक्रमण गरेको थियो । उक्त आक्रमणमा पाँच जना सो समूहका सदस्य पनि मारिएका छन् ।