USAID

एकसय सिट नपाए गठबन्धन नगर्न कांग्रेस नेतृत्वलाई सुझाव

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले आगामी चुनावमा पार्टीको भागमा एकसय सिट राखेर देशैभर गठबन्धन गर्न सुझाव दिएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा कांग्रेसले एकसय सिट नपाउने भए गठबन्धन नगर्न कार्यदलका सदस्यहरुलाई सुझाव दिएका हुन् ।

बैठकमा अधिकांश नेताहरुले कांग्रेसले एकसय सिट नपाउने हो भने आन्तरिक व्यवस्थापनमा समस्या आउने बताएका बैठकमा सहभागी एक नेताले बताए । बैठकमा केही नेताले भने गठबन्धन गर्दा कांग्रेसले १०६ सिट जित्ने अवस्था रहे पनि सुरुमै ६०/४० को कुरा गरेर कांग्रेसलाई कमजोर पार्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने पार्टीका तर्फबाट गठबन्धनको कार्यदलमा रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको बताए।

उनले उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए ।

कांग्रेसबाट कार्यदलमा कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा छन् । कार्यदललाई सिट बाँडफाँटको जिम्मा दिइएको छ । संघ र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको सुझाव अनुसार गठबन्धनमा आवद्ध दलले सिट बाँडफाँटको टुंगो लगाउनेछन् ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published.