बार्सिलोनाको आधा दर्जन गोल

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले प्रि-सिजनमा फराकिलो जीत निकालेको छ । गएराति भएको मैत्रीपूर्ण खेलमा क्लब युनिभर्सिडाड नासिओनललाई ६-० गोलले बार्सिलोनाले प्रि-सिजनको उत्कृष्ट अन्त्य गरेको हो ।

बार्सिलोनालाई जीत दिलाउन पेड्रीले दुई गोल गर्दा रोबर्ट लेवानन्डोस्की, ओसुमाने डेम्बेले, पिएरे-इमेरिक औबमियाङ र फ्रेन्की डी योंङले समान एक/एक गोल गरे । बार्सिलोनाले पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल थपेको हो । यससँगै बार्सिलोनाले प्रि-सिजनको ६ खेल मध्य ४ खेलमा जीत निकाल्दा  दुई खेल बराबरी खेलेको छ ।

अब बार्सिलोनाले १३ अगस्टमा रायो भाल्लेकानोसँग खेल्दै ला लिगाको नयाँ सिजनको शुरुवात गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *