सामाजिक सञ्जालमा महिलाको अपमान गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा महिलालाई हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ब्युरोले कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

उनले सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता बनाएर लाइभ स्ट्रिमिङमार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप छ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई इलाका प्रहरी कार्यालय गोरूसिंङेको सहयोगमा पक्राउ गरिएको हो।

उनलाई अदालतबाट शुक्रबार नै पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *