सरकारलाई आफूसँग दुई तिहाई छैन भन्ने थाहा हुँदाहुँदै महाभियोग प्रस्ताव किन ल्यायो ?

काठमाडौं । नेकपा एमालेकी सांसद निरुदेवी पालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव क्षणिक राजनीतिक अभिष्ट पूरा गर्नका लागि मात्रै ल्याइएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफलका भाग लिँदै सांसद पालले पाँच महिनासम्म पनि महाअभियोगजस्तो गम्भीर विषय किनारा लाग्न नसकेको भन्दै आपत्ति जनाएकी हुन् ।

यतिका समयसम्म सरकारले के हेरेर बस्यो भन्दै प्रश्न गरेकी छन्। उनले भनिन्,‘किन किनारा लगाउन सकिएन ? छलफल गर्न र महाअभियोग लगाउन किन र कसले रोक्यो? यो सरकारलाई आफूसँग दुई तिहाई छैन भन्ने थाहा हुँदाहुँदै हचुवाका भरमा जबरामाथि महाअभियोगको प्रस्ताव किन र के का लागि ल्याइएको थियो?’

उनले जबराविरुद्ध सरकारले आफ्नो क्षणिक राजनीतिक अभिष्ट पूरा गर्नका लागि महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *