USAID

एमालेको प्रश्नः महाभियोग प्रस्ताव प्रधानन्यायाधीशलाई दोषी करार गर्न हो कि अभिष्ट पूरा गर्न ?

काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएको भन्दै आपत्ति जनाएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद खगराज अधिकारीले जबरामाथिको महाअभियोग प्रस्ताव छिटो छलफलमा नल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले प्रधानन्यायाधीश माथिको महाअभियोग कुनै अभिष्ट पूरा गर्नका लागि अघि बढाएको त होइन भन्ने आशंका रहेको बताए ।

उनले प्रश्न गरे, ‘सत्तारूढ दलले प्रधानन्यायाधीशलाई दोषी करार गर्न खोजेको हो कि अभिष्ट पूरा गर्न दर्ता गरेको हो ?’ उनले संसदले आफ्नो समयसीमा भित्रै रहेर निरुपण गर्ने आँट राख्ने बताए ।

उनले भने,’प्रतिनिधिसभाले त्यो आँट राख्थ्यो। तर, आज हामीले अहिले आएर छलफल गर्ने, रित पुर्याए काम गरेँ भन्नु हाम्रो अयोग्यताको पराकाष्टा हो ।’

उनले निर्वाचन घोषणा भइसकेको समयमा महाअभियोग प्रस्ताव छानबिन गर्न बनाइएको समितिलाई तीन महिना काम गर्ने समय नभएको पनि बताए ।

उनले ‘संसद्ले संविधानको उपहास गर्न खोजेको हो ? भन्दै प्रश्न गरे । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि आइतबारदेखि प्रतिनिधिसभा बैठकमा छलफल सुरु भएको हो ।

महाभियोग प्रस्ताव छिनोफानो गर्नका लागि छलफलमा ल्याइएको होइनः सांसद बस्नेत

सरकारलाई आफूसँग दुई तिहाई छैन भन्ने थाहा हुँदाहुँदै महाभियोग प्रस्ताव किन ल्यायो ?

CivActsAd

Leave a Reply

Your email address will not be published.