स्वास्थ्य उपकरण खरिद: ४१ करोड घोटालाको चलखेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड रुपैयाँभन्दा बढी रकम तिरेर सातवटा स्वास्थ्य उपकरण खरिद गर्ने तयारी गरेको छ।

मन्त्रालयको उच्च स्रोतका अनुसार विभागको आपूर्ति महाशाखाले खरिद गर्ने तयारी गरेका ती सात किसिमका उपकरणको कम्पनी मूल्य ३२ करोड रुपैयाँ हाराहारीमा पर्छ। तर विभागले व्यवसायीहरूको मिलोमतोमा ७३ करोड रुपैयाँमा ती उपकरण खरिद गर्ने चाँजोपाँजो मिलाएको हो।

स्रोतका अनुसार लुम्बिनी हेल्थ केयर र यसका अन्य सहयोगी कम्पनीलाई मिल्नेगरी ती स्वास्थ्य उपकरण खरिद गर्न स्पेसिफिकेसन तयार गरिएको थियो। विभागले निकालेको टेन्डर लुम्बिनी र यिनै अन्य सहयोगी कम्पनीहरूले पाएका छन्। स्वास्थ्य उपकरण खरिद गर्न अहिले एलसीसमेत खोलिएको छ।

दक्षिण कोरिया र चीनबाट सामान खरिदका लागि एलसी खोलिएको हो। विभागले १७८ थान पोर्टेबल अल्ट्रासाउन्ड, नौ थान डिआर एक्सरे, १३ थान फ्लाट पानर डिटेक्टर एक्सरे, १३० थान हेमोडाइलोसिस्ट मेसिन, १ हजार थान पल्स अक्सिमिटर र १ हजार थान बिपी सेट खरिद गर्दैछ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *