USAID

नेयमार र मेस्सी चम्किदा पीएसजीको फराकिलो जीत

एजेन्सी । स्टार खेलाडीद्वय नेमयार जुनियर र लियोनल मेस्सी चम्केपछि पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा फराकिलो जीत निकालेको छ । शनिबार राति भएको खेलमा क्लेर्मोन्ट फूटलाई ५-० गोलले पराजित गर्दै साविक विजेता पीएसजीले लिगमा विजयी शुरुवात गरेको हो ।

स्टाडे गाब्रियल मोन्ट्पिएडमा भएको खेलमा पीएसजीलाई जित दिलाउन मेस्सीले दुई गोल गर्दा नेयमार, अचार्फ हकिमी र मार्किन्होसले एक/एक गोल गरे । यस्तै नेयमारले तीन गोलमा एसिस्टपनि दिए । खेलको नवौं मिनेटमा मेस्सीको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

२६ औं मिनेटमा नेयमारको पासमा हकिमीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा नेमयारको फ्रि-किकमा मार्किन्होसले हेडर गर्दै पीएसजीलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए । ८० औं मिनेटमा नेयमारको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई ४-० गोलको अग्रता दिलाए । यस्तै ८६ औं मिनेटमा पारेडेसको क्रसमा मेस्सीले बाइसाइकल किकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै पीएसजी ३ अंक जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.