चेल्सीको विजयी शुरुवात

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा चेल्सीले विजयी शुरुवात गरेको छ । गएराति भएको खेलमा एभर्टनलाई १-० गोलले पराजित गर्दै चेल्सीले लिगमा सुखद शुरुवात गरेको हो ।

गोडिसन पार्कमा भएको खेलमा चेल्सीलाई जीत दिलाउन जोर्जिन्होले एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जोर्जिन्होले गरेको गोलनै चल्सीलाई जीत दिलाउन पर्याप्त रह्यो । विपक्षी खेलाडी डोकोरेले फुलाब्याक बेन चिलवेललाई डी-बक्स एरियामा लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा दुवै टोलीबाट थुप्रै प्रयास भएपनि गोल हुन नसक्दा चेल्सी १-० गोलले विजयी भयो । जीतसँगै चेल्सीले ३ अंक जोडेको छ । यससँगै चेल्सीले लिगको पहिलो खेलमा सर्वाधिक २० औं पटक जीत निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *