USAID

पहिलो खेलमै रोकियो लिभरपुल

एजेन्सी । साविक उपविजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमै बराबरी खेलेको छ । शनिबार बेलुकी भएको खेलमा फुल्हामसँग २-२ गोलको बराबरी खेल्दै लिभरपुलले अंक बाढेको हो ।

क्राभेन कटेजमा भएको खेलमा फुल्हामलाई जीत दिलाउन अलेक्सान्डर मिट्रोभिकले दुई गोल गर्दा लिभरपुलको लागि डार्विन नुनेज र मोहम्मद सलाहले एक/एक गोल गरे । खेलको ३२ औं मिनेटमा टेटेको क्रसमा मिट्रोभिकले गोल गर्दै फुल्हामलाई शुरुवाती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा सलाहको पासमा नुनेजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए । यसै सिजन लिभरपुलमा अनुबन्ध भएका नुनेजको यो डेब्यु गोल हो ।

७२ औं मिनेटमा मिट्रोभिकले पेनाल्टीमा गोल गर्दै फुल्हामलाई फेरी २-१ गोलको अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा नुनेजको पासमा सलाहले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल २-२ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *