नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *