USAID

सप्तकोशीमा अस्वाभाविक रूपमा पानी बढ्दै, सतर्क रहन प्रशासनको आग्रह

इटहरी । कोशी ब्यारेजमा पानीको बहाब अस्वभाविक रूपमा बढेको छ । ६ घण्टामा ३० हजार क्यूसेक बढेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

बिहान ६ बजेको मापनअनुसार १७३६४० क्युसेक पानीको बहाव रहेकोमा मध्यान्ह १२ बजे बढेर २०२४७५ क्युसेक पुगेको छ ।

उनले पानीको बहाव करिब ५ लाख क्यूसेक हुनसक्ने समेत जनाएका छन् । उनले तटिय क्षेत्रका बासिन्दालाई साबधान हुन अनुरोध गरेका छन् ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published.