आर्सनलको विजयी शुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी शुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा क्रिस्चल प्यालेसलाई २-० गोलले पराजित गर्दै आर्सनलले लिगमा सुखद शुरुवात गरेको हो ।

सेलहुर्स्ट पार्कमा भएको खेलमा आर्सनलको लागि गाब्रियल मार्टिनेलीले एक गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको २० औं मिनेटमा ओलेक्साको क्रसमा मार्टिनेलीले हेडर गर्दै आर्सनललाई खेलमा अगाडि बढाएका थिए । ८५ औं मिनेटमा गुएहीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि आर्सनल २-० गोलले विजयी भएको हो ।

जीतसँगै आर्सनल ३ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहँदा पराजित प्यालेस अंकविहिन रहँदै पुछारमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *