जसपाका दुई केन्द्रीय सदस्य एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।

संविधानसभा सदस्य समेत रहिसकेका बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी र प्रदेश कमिटी सदस्य स्वेता श्रीवास्तव एमालेमा प्रवेश गरेका हुन।

शुक्रवार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका जसपाका तीन नेतालाई एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित र राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जिव झाले स्वागत गरेका थिए।

उनीहरुले आजै नेकपा एमालेको सदस्यता लिएको एमालेले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *