USAID

एथ्लेटिको सहज जीत

एजेन्सी । स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडले प्रि-सिजनमा सहज जीत निकालेको छ । बिहीबर राति भएको मैत्रीपूर्ण खेलमा काडिजलाई ४-१ गोलले पराजित गर्दै एथ्लेटिकोले कारान्जा ट्रफी जितेको हो ।

इस्टाडियो रामोन डी कारान्जामा भएको खेलमा एथ्लेटिकोलाई जीत दिलाउन अल्भारो मोराटा, साउल निगुएज, डानियल वास र एन्टोनी ग्रिजमनले समान एक/एक गोल गरे । काडिजको लागि अल्भारो गिमिनेजले एक गोल फर्काए । पहिलो हाफको १३ औं मिनेटमा मोराटाले गोल गर्दै एथ्लेटिकोलाई शुरुवाति अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा साउलले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए । ४६ औं मिनेटमा वासले गोल गर्दा एथ्लेटिको सहज जीततर्फ अगाडि बढेको थियो । ५१ औं मिनेटमा ग्रिजमनले गोल गर्दै एथ्लेटिकोलाई ४-० गोलको अग्रता दिलाए । ८७ औं मिनेटमा गिमिनेजले काडिजको लागि सान्तवना गोल गरे ।

CivActsAd

Leave a Reply

Your email address will not be published.