आजदेखि ई–पासपोर्ट आवदेन खुल्ला

काठमाडौं । राहदानी विभागले आजदेखि ई–पासपोर्टको अनलाइन आवेदन खुलाउने भएको छ । हालसम्म साढे ४ बजेपछि मात्र आवेदन खुलाउँदै आएको विभागले आजबाट बिहान ११ बजेदेखि खुलाउने भएको हो ।

विभागले आज एक सुचना जारी गर्दै २४ सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको जनाएको छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त भएको मितिमा विभागमा गएर राहदानी लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *