एमाले अध्यक्ष ओली आज पशुपतिको विशेष सन्ध्या आरतीमा सहभागी हुने

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी हुने भएका छन्।

ओलीको सचिवालयले दिएको जानकारी पशुपति परिसरस्थित वाग्मती किनारामा आरती सुरु भएको वार्षिकोत्सवको अवसरमा हुने विशेष सन्ध्या आरतीमा ओली सहभागी हुन लागेका हुन्।

आज त्यहाँ पाँचजना पण्डितले विशेष आरती गर्नेछन्। यस्तो विशेष आरती हरितालिका तीज, महाशिवरात्रिलगायतका विशेष अवसरमा मात्र हुने गरेको छ।

वाग्मती किनारामा प्रत्येक दिन सन्ध्या आरती हुँदै आएको छ। आरती हेर्न ठूलो संख्यामा मानिसहरु भेला हुने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *