प्रहरी हिरासतमै बलात्कारको प्रयास, असई निलम्बित

बाँके। हिरासतमा रहेकी महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको बताए ।

चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘अब अदालतले सफाइ दियो भने जागिर बच्छ । होइन भने, चौलागाईंको जागिर गयो’ –एसपी अधिकारीले भने ।इलाका प्रहरी कार्यालय, कोहलपुरमा मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राती दुई बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेका थिए ।

राती २ बजे एक निद्रा सुतेर उठेपछि असई चौलागाईंले ‘सोधपुछ’ गर्ने बहानामा ती महिलालाई कोठामा बोलाएका थिए । कोठामा बोलाएपछि असई चौलागाईंले बलात्कारको प्रयास गरेका थिए । त्यही समयमा गस्तीमा गएको गाडी फर्किएर आएपछि ‘पोल खुल्ने’ डरले चौलागाईंले महिलालाई छोडेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *