वुहानमा ४ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनको घोषणा

काठमाडौं । चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि फेरि लकडाउन घोषणा गरिएको छ। वुहानमा अहिलेसम्म ४ जनामा संक्रमण पुष्टि भएको छ।

बीबीसीका अनुसार अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा ४ जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको छ।

चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *