सस्तियो सुन, कति पुग्यो तोलाको?

काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९४ हजार २ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १५५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९० रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *