अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु

अछाम । अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नैना विष्ट गम्भीर घाइते भएका छन् । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । file photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *