एउटै रुखमा झुन्डिएर झापाका तीन किशोरीद्वारा सामूहिक आत्महत्या

झापा । एउटै रुखमा झुन्डिएर झापाका तीनजना किशोरीले सामूहिक आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाको केचनाकवल गाउँपालिका वडाकेचनाकवल  ५ पाठामारीका १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेशले सुनकोशी चिया बगानमा रहेको झिङ खोला किनारको रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन्

हिजो दिउँसोदेखि हराएका उनीहरू तीनै जना आज विहान एउटै रुखमा झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । मृतक तीनै जना किशोरीहरु चिया बगानका मजदुर रहेको खुल्न आएको छ । किशोरीहरूले आत्महत्या गरेको विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *