तीन महिनामा ७७ अर्ब लगानी प्रस्ताव स्वीकृत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ। उद्योग विभागले वैशाखयताका तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत गरेको छ।

प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी हो भने करिब ५७ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी नै थप भएको छ । अघिल्लो आर्थिक वर्ष (२०७७/०७८) को वैशाखदेखि असारसम्म १७ अर्बमात्र लगानी थपिएको थियो।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी उद्योगको लगानी स्वीकृतिमा उत्साहजनक वृद्धि भएको बताउँछन् । मुलुकको अर्थतन्त्रले आन्तरिक तथा बाह्य चुनौती भोग्नु परिरहे पनि उद्योगी व्यवसायीमा निराशा नदेखिएको उनको भनाई रहेको आजको कारोबार दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *