प्रतिनिधि सभाको बैठक बस्दै, नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाइँदै

काठमाडौं । सरकारले आज प्रतिनिधि सभामा नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाउने भएको छ। यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गर्ने तयारी गरेको हो।

संसद सचिवालयले आज दिउँसो १ बजेका लागि डाकेको प्रतिनिधि सभाको बैठकका लागि सार्वजनिक सम्भावित कार्यसूची सार्वजनिक गर्दै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल सदनमा गरियोस्’, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख गरेको छ ।

आजै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ।

अन्य सम्भावित कार्यक्रममा प्रधानमन्त्री शरेबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै गृहमन्त्री खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस् र कारागार विधेयक, २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *