नेपाली आकाश सुरक्षित छः क्याप्टेन वेद उप्रेती

काठमाडौं । हवाई सुरक्षा आफैंमा संवेदनशील विषय हो । त्यसैले प्रत्येक मुलुकले हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेर उडान गरिरहेका छन् ।

नेपालको हवाई सुरक्षामाथि अन्तर्राष्ट्रियस्तरमै प्रश्न उठ्ने गरेपनि लामो समयदेखि उडानमा संलग्न क्याप्टेन वेद उप्रेतीले भने नेपाली हवाई आकाश सुरक्षित रहेको प्रष्ट पारेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले गरेको पछिल्लो अडिट रिपोर्ट अनुसार पनि नेपाली आकाश सुरक्षित देखिएको बताउदै उनले हालै गार्डिएन जर्नल/पत्रिकाले आफूसंगको कुराकानीलाई गलत तरिकाले कोट गरेर तोडमोड गरि समाचार सार्वजनिक गरिएको बताउदै गम्भीर ध्यानाकर्षणमार्फत नेपाली आकाश सुरक्षित रहेको विश्व समुदायलाई सुनिश्चित हुन आग्रह गरेका छन् ।

उक्त समाचारको खण्डन गर्दै क्याप्टेन उप्रेतीले हामी हिजोभन्दा आज प्राविधिक रुपले व्यवस्थित र विकसित भएकाले नेपाल हवाई उडानका लागि सुरक्षित मुलुक भएको बताएका छन् । एभियसन क्षेत्रमा विश्वमा प्रयोग भइरहेको उच्चतम प्रविधि हामीले अंगालेकाले पनि नेपाली आकाश सुरक्षित रहेको उनले प्रष्ट पारेका छन् ।

नेपालमा पुराना जहाजहरु उडिरहेको जस्ता भ्रामक समाचाप्रति समेत आप्पत्ती जनाउदै उप्रेतिले हालै आइकाओले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालले विश्वको औसत परिपालना अंकभन्दा तीन प्रतिशत बढी अंक प्राप्त गरेको स्मरण गराएका छन्।

विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत छ भने नेपालको ७०.१ प्रतिशत रहेकाले नेपाल असुरक्षित मुलुक हुनै नसक्ने उनको दाबी छ ।

साथै, उनले आगामी दिनमा आफूसंग उड्डयन सुरक्षासम्बन्धि विषयमा जिज्ञासा नराख्न समेत सञ्चार माध्ययहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *