भोलीदेखि काठमाडौंमा कुहिने फोहर आइतबार र बुधबार, नकुहिने फोहर सोमबार र शुक्रबार सङ्कलन हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाले भोली साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ।

महानगरले. एक सूचना जारी गर्दै कुहिने फोहर आइतबार र बुधबार र नकुहिने फोहर सोमबार र शुक्रबार सङ्कलन हुने जनाएको छ
महानगरले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो।

पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने महानगरले जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *