कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं। सोमबारदेखि नारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो । जारी बैठक आजै समापन गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *