धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए । मेयर बालेनले सामाजिक सञ्जालमा अवाञ्छित काम नगर्न अनुरोध गर्दै लेखेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ । आगामी दिनहरुमा यस्ता कार्य नदोहो¥याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ ।’

प्राक्टिकल वेष्ट सोलुसन प्रालिले घरघरबाट संकलन गरेको फोहोर धोबीखोलामा ल्याएर फालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *