काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले ‘यौन हिंसा विरुद्धको ऐनमा सुधारको जरुरी रहेको बताएका छन् । सोमबार प्र्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ माथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा मन्त्री कोइरालाले यौन हिंसा नियन्त्रणका लागि ऐनमा सुधारको आवश्यकता रहेको बताएका हुन् ।
उनले त्यसका लागि कानुन आयोगले काम गरिरहेको बताए । उनले यौन हिंसाका पीडितलाई न्याय दिन र पीडकलाई कारबाहीको दायरामा ल्याउन हदम्याददेखि धेरै कुरामा सुधार आवश्यक रहेकाले सरकारले कानुन आयोगमार्फत् त्यसको अध्ययनको कामलाई अघि बढाउनु परेको स्पष्ट पारे । उनले भने, ‘केही गम्भीर कुराहरु आएका छन् ।यसको अध्ययन सरकारले थालेको छ । त्यो अध्ययन गर्न दिउँ सरकारलाई । अहिले लिगल भ्याकुम नराख्नका लागि यो अध्यादेशको प्रतिस्थापन गर्न आएको विधेयकलाई पास गरौं । हदम्याददेखि सबै क्षेत्रमा सुधार आवश्यक छ । क्रिमिनल जष्टिस सिष्टममा सुधार आवश्यक छ । त्यो कुरा गर्नका लागि कानुन आयोगले अध्ययन गरिरहेको छ । त्यसलाई पर्खौ भनेर निवेदन गरेँ ।’
मन्त्री कोइरालाले अध्यादेशको प्रतिस्थापन गर्नका लागि सो विधेयक सरकारले ल्याएको उल्लेख गर्दै त्यसमा सुधार गरेर जान प्रतिवद्ध रहेको बताए ।