विद्यालय पुगेर जब सीपीसीका विदेश विभाग प्रमुख लिउ खाना बाँड्न थाले…(फोटोफिचर)

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियन छाओ सोमबार विद्यार्थीलाई खाना खुवाउन विद्यालय पुगेका छन् । काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा पुगेर उनले विद्यार्थीलाई खाना बाँडेका छन् । ‘लन्च सेरेमोनी अफ नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्ट’ कार्यक्रमको उद्घाटन गर्न पुगेका उनले विद्यार्थीलाई खाना बाँडेका थिए ।

कार्यक्रममा सीपीपीका विदेश विभाग प्रमुख लिउले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताए ।

दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख  गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताए । बालबालिकाहरु खुसी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुसी हुन जरुरी रहेको बताए ।

र, याे पनि

काठमाडौँमा रहेका चिनियाँ नेता लिउले स्कूले विद्यार्थीलाई बाडेँ खाजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *