चर्को आलोचनापछि फिर्ता गरे पूर्वमन्त्रीले लगेको वासिङ मेसिन

काठमाडौं । सरकारी आवास गृहबाट बाहिरिँदा पूर्वमन्त्रीले आफूसँगै लगेका सामान फिर्ता गरेका छन् । पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मर्मतका लागि भनेर पुल्चोकस्थित सरकारी आवास गृहबाट लैगेको वासिङ मेसिन सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयलाई फिर्ता गरेका छन् ।

मन्त्री पदबाट हटेपछि सरकारी आवास गृह छोड्दा त्यहाँको लुगाधुने मेसिन पनि लिएर गएको समाचार प्रकाशित भएपछि मन्त्री यादवले आफू उपत्यकाबाहिर हुँदा कर्मचारीले मर्मतका लागि त्यो मेसिन बाहिर लगेको रहेछ भन्दै फिर्ता गर्न निर्देशन दिएको बताए ।

मर्मतका लागि लगेको मेसिन फर्काएको र त्यससम्बन्धी जानकारी सूचना पाटीमा टाँस गरिएको सचिवालयका प्रमुख मचाकाजी महर्जनले बताए । ध्यानाकर्षण शीर्षक दिइएको सूचनामा निवर्तमान कृषिमन्त्रीलाई निवासमा कुन–कुन सामान छन् र कसका हुन् भन्ने विषयमा पर्याप्त जानकारी नहुने र स्वकीय सचिवलाई थाहा हुने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *