भारतलाई विशाल विजयी लक्ष्य

एजेन्सी । इङ्ल्यान्डले टि-२० आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतलाई विशाल विजयी लक्ष्य दिएको छ । नोट्टिङ्हाममा जारी खेलमा इङ्ल्यान्डले भारतलाई जीतको लागि २ सय १६ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १५ रन बनाएको हो । इङ्ल्यान्डको लागि डेविड मलान र लिएम लिभिङस्टोनले बिस्फोटक ब्याटिङ गरे । मलानले ३९ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७७ रन बनाए । लिभिङ्स्टोनले २९ बलमा ४ चौका प्रहार गर्दै ४२ रन बनाउँदा जेसन रोएले २७, ह्यारी ब्रुकले १९, जोस बट्लरले १८ र क्रिस जोर्डनले ११ रनको योगदान गरे ।

भारतको लागि रवि विश्नोइ र हर्सल पटेलले दुई/दुई विकेट लिँदा आवेश खान र उम्रान मलिकले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *