एजेन्सी । घरेलु मैदानमा भारतविरुद्ध जारी टि-२० आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा इङ्ल्यान्डले पहिला ब्याटिङ गर्ने भएको छ । नोटिङ्हाममा केहि समयमा शुरु हुने खेलमा घरेलु टोली इङ्ल्यान्डले टस जीतेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
शुरुवाती दुवै खेलमा पराजित भएसँगै सिरिज गुमाएको इङ्ल्यान्ड आजको खेलमा सान्त्वना जितको खोजिमा रहेको छ । इङल्यान्डले आजको खेलमा दुई परिवर्तन गर्दा फिल साल्ट र रिक टोप्लेले प्लेइङ सेटमा मौका पाएका छन् । यस्तै यसअघिनै सिरिज आफ्नो नाममा लेखाएको भारतले टोलीमा चार परिवर्तन गर्दा श्रेयस आयर, आवेश खान, उम्राम मलिक र रवि विश्नोइ टोलीमा अटाएका छन् ।
भारतको प्लेइङ ११:- रोहित शर्मा(कप्तान), विराट कोहली, सुर्यकुमार यादव, ऋषव पन्त(विकेटकिपर), श्रेयस आयर, दिनेश कार्तिक, रविन्द्र जडेजा, हर्सल पटेल, आवेश खान, उम्रान मालिक, रवि विश्नोइ
इङ्ल्यान्डको प्लेइङ ११:- जेसन रोए, जोस बट्लर(कप्तान,विकेटकिपर), डेविड मलान, फिल साल्ट, मोइन अली, लिएम लिभिङ्स्टोन, ह्यारी ब्रोक, क्रिस जोर्डन, डेविड विलि, रिचार्ड ग्लेसन, रिक टोप्ले