श्रीलंकामा सरकारविरोधी प्रदर्शनले उग्ररुप लिएको छ । शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । उनले सुरक्षित स्थानमा सारिएको छ ।
त्यसपछि प्रदर्शनकारीले राष्ट्रपति निवासलाई कब्जामा लिएका छन् । त्यहाँ प्रदर्शनकारीले श्रीलंकाको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुका साथै राष्ट्रपति र सरकार विरोधी ब्यानर देखाएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन ।
यसैबीच, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घे राजीनामा दिन सहमत भएका छन् । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उनले सर्वदलीय बैठकको अह्वान गरेका थिए । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो ।
राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए । सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताएको उल्लेख छ