श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्ग राजीनामा गर्न सहमत

श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन् । प्रदर्शनकारी प्रवेश गरेपछि राष्ट्रपतिलाई सुरक्षित स्थानमा लगिएको छ ।

यसैबीच सर्वदलीय सरकार गठनका लागि मार्गप्रशस्त गर्नेगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्ग राजीनामा गर्न सहमत भएका उनको कार्यालयले जनाएको छ । पछिल्ला विवरण अनुसार प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा समेत प्रवेश गरेका छन् । दशकौँ यता श्रीलङ्काले भोगिरहेको खराब आर्थिक सङ्कटलाई राष्ट्रपतिले सही ढङ्गले सम्बोधन नगरेको भन्दै आक्रोशित प्रदर्शनकारीको भीडलाई सम्हाल्न सुरक्षा निकायलाई धौधौ परेको जनाइएको छ ।

कोलम्बोको सरकारी क्षेत्र प्रवेश गर्ने क्रममा आन्दोलनकारीहरूले राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएका थिए । यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *