टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौं । आईसीसी टि-२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल भ्रमणमा आउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वका विभिन्न राष्ट्रमा ट्रफी टुर गराउने भएसँगै त्यसै सिलसिलामा भदौ १४ मा विश्वकपको ट्रफी काठमाडौं ल्याइने भएको हो ।

काठमाडौंमा ट्रफी भदौ १४ र १५ गते राखिनेछ । काठमाडौंपछि ट्रफी सिंगापुर लगिनेछ । टी–२० विश्वकप ट्रफी टुर अन्तर्गत ट्रफी १३ देशका ३५ स्थानमा लगिने आईसीसीले जनाएको छ । आइसिसीले नेपालसँगै फिजी, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर, फिनल्यान्ड र भानुआटुमा पहिलोपटक टी–२० विश्वकपको ट्रफी टुर गराउन लागेको छ ।

अस्ट्रेलियाका विभिन्न सात सहरमा हुने प्रतियोगिता १६ अक्टोबर देखि  १३ नोभेम्बरसम्म हुनेछ । उद्घाटन खेलमा श्रीलंका र नामेबिया खेल्नेछन् । प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउनेछन् ।

नेपालले पनि विश्वकपको लागि छनोट खेलेको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *