जोकोभिच फाइनलमा

एजेन्सी । साविक विजेता सर्बियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति भएको दोस्रो सेमिफाइनल खेलमा बेलायतका क्यामरुन नोरीलाई २-६, ६-३, ६-२,  ६-४ को सेट पराजित गर्दै जोकिभिच फाइनलमा प्रवेश गरेका हुन् ।

जोकोभिच लगातार चौथो र समाग्रमा सातौँ बिम्बल्डन जित्ने दाउमा रहेका छन् । अब आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् । स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएपछि किर्गियोस सिधैं फाइनल प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *