एजेन्सी । ब्राजिलियन स्ट्राइकर गाब्रियल जेससले डेब्यु खेलमै दुई गोल गरेपछि आर्सनलले मैत्रीपूर्ण खेलमा पुनरागमान जीत निकालेको छ । शुक्रबार प्रि-सिजन अन्तर्गत भएको खेलमा आर्सनलले नुर्नबर्गलाई ५-३ गोलले पराजित गरेको हो ।
म्याक्स मोर्लक स्टेडियममा भएको खेलमा आर्सनललाई जीत दिलाउन गाब्रियल जेससले दुई गोल गर्दा मोहम्मद इलनेले एक गोल गरे । आर्सनलले दुई गोल भने उपहार पाएको हो । नुर्नबर्गको लागि जोहन्नेस गिस र कवाडो डुआले एक/एक गोल गरे । पहिलो हाफमा दुई गोलले पछि परेको आर्सनलले दोस्रो हाफमा ५ गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको हो ।
दोस्रो हाफमा मैदान छिरेका जेससले ९० सेकेन्डमै डेब्यु गोल गरेका हुन् । जेसस सिटीबाट सिजनको शुरुवातमा आर्सनलसँग अनुबन्ध भएका थिए । दोस्रो हाफको ४७ औं र ७५ औं मिनेटमा जेससले गोल गर्दा ५४ औं मिनेटमा इलनेले गोल थपे । यस्तै ५८ औं र ६३ औं मिनेटमा आर्सनलले गोल उपहार पाएको थियो ।