एन्फाले एनएसएलसँगको सम्झौता रद्द गर्ने

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियाेगिता नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)बीचको सम्झौता रद्द गर्न लागि सिफारिस गरिने भएको छ ।

एनएसएलसँग असन्तुष्ट रहेका ए डिभिजन क्लबबीच शुक्रबार भएको छलफलपछि एनएसएल आयोजना गर्नको लागि भएको सम्झौताका केही बुँदा त्रुटिपूर्ण देखिएको भन्दै एन्फा र एनएसएलबीचको सम्झौता रद्द गर्न सिफारिस भएको हो । छलफलमा भएको सहमति एन्फाको कार्यसमितिमा लगिने र कार्यसमिति बैठकले अनुमोदन गरेपछि एन्फा र एनएसएलबीचको सम्झौता रद्द हुनेछ ।

एन्फासँगको छलफलमा असन्तुष्ट ए डिभिजन क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) का प्रतिनिधि सहभागी थिए । एनएसएलको दोस्रो संस्करणका लागि आफ्नो क्लबमा करारमा रहेकै बेला खेलाडीहरुको अक्सन गरेको भन्दै विरोध गरेपछि एनएसएल र क्लबबीचको विवाद सुरु भएको थियो । विवादले ठूलो रुप लिँदै जाँदा एनएसएलको दोस्रो संस्करण स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *