बलात्कारको घटनामा हद म्याद दुई वर्ष बढाउने प्रस्ताव

काठमाडौँ । संसदको कानुन न्याय तथा मानव अधिकार समितिले बलात्कारको घटनामा हद म्याद दुई वर्ष बढाउने प्रस्ताव गरेको छ । समितिको शुक्रबार बसेको बैठकले बलात्कारको मुद्दामा दुई वर्षको हदम्याद प्रस्ताव गरेको हो । बालिगले घटना भएको दुई वर्ष भित्र उजुरी दिन सक्ने प्रस्ताव गरिएको हो ।

बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने प्रस्ताव राखेको छ । सरकारले ल्याएको विधेयकमाथि एमाले र कांग्रेसका सांसद्हरुले हद म्याद खुला गर्नुपर्ने संशोधन हालेका थिए । माओवादीले बालबालिकाको हकमा पाँच वर्षको हदम्याद गर्नुपर्ने संशोधन पेस गरेको थियो । अपराध संहितामा एक वर्षमात्र हद म्यादको व्यवस्था छ ।

सुन्दरी प्रतियोगिताका आयोजकले आठ वर्षअघि आफूमाथि ज्यादती गरेको भन्दै एक युवतीको उजुरीपछि हदम्यादको विषयमा संशोधन हुनुपर्ने माग उठेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *