लामखुट्टेको टोकाइबाट प्रशिक्षार्थी विमानचालकको मृत्यु

लामखुट्टेले टोकेपछि मस्तिष्कसम्म सङ्क्रमण फैलिएर इङ्ग्ल्यान्डकी एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको अनुसन्धानमा देखिएको छ । बेल्जियममा लाम्खुट्टेले टोकेको पाँच दिनपछि सफोकस्थित बरी अफ सेन्ट एडमन्ड्सकी २१ वर्षीया ओरिआना पेपरको गत वर्ष जुलाईमा मृत्यु भएको थियो । सफोकका वरिष्ठ कोरनर नाइजल पार्स्लीले पेपरको मृत्युलाई दुर्भाग्यपूर्ण भनेका छन्।

उनको मृत्युको कारणबारे गरिएको अनुसन्धानको निष्कर्ष उनले अदालतमा पेस गरेका छन् । ती युवती अक्सफर्डको ईजीजेट कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएको र थप तालिमका लागि बेल्जियम गएको कुरा सफोकको कोरनर कोर्टको सुनुवाइमा बताइएको छ ।

लामखुट्टेले उनको निधारमा दाहिने आँखानिर टोकेको थियो । त्यो ठाउँ सुन्निएको र त्यहाँ सङ्क्रमण भएको देखिएपछि उनीलाई जुलाई ७ मा अस्पतालको आकस्मिक कक्षमा गएकी थिइन् ।

पेपरलाई एन्टिबायोटिक औषधि दिइएको थियो। तर दुई दिनपछि उनी बेहोस भएपछि उनलाई प्रेमीले अस्पताल लगेका थिए । उनको तीन दिनपछि जुलाई १२, २०२१ मा अस्पतालमै मृत्यु भयो । त्यतिबेला मस्तिष्कमा ’सेप्टिक एम्बोली’ का कारण उनको मृत्यु भएको भनिएको थियो । स्ट्याफाइलोकोकस अरियस नामक ब्याक्टेरियाको सङ्क्रमणमा रक्तनलीमा अवरोध हुँदा सेप्टिक एम्बोली हुन्छ। निधारमा कीराको टोक्दा पनि त्यस्तो विषाक्त अवस्था उत्पन्न हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *