किङ्ग लङ्ग युनाईटेड अटोमोटीभका विद्युतीय सवारी साधन नेपालमा

काठमाडाैँ । जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरण सुरू गरिएकाे छ । श्री ईको भिजनरी प्रा. लि. ले किङ्ग लङ्गले नेपाल भित्र्याएर एक कार्यक्रमकाबीच सार्वजनिक गरेकाे हाे ।

बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्वेडेन, माल्टा जस्ता देशहरुमा बजारमा अग्रस्थान हासिल गर्न सफल किङ्ग लङ्गले नेपाली बजारमा भने विद्युतीय माईक्रो बस लिएर प्रवेश गरेको हो । नेपालका लागि एक मात्र आधिकारीक विक्रेताको रुपमा विद्युतीय सवारी साधनको विकास, विस्तार र शोध तथा अनुसन्धानमा दुई दशकयता अनवरतरुपमा सक्रिय रहँदै आएको ईको भिजनरीले किङ्ग लङ्गको विद्युतीय माईक्रो बस किङ्गविन एक्सएमक्यु ६ हजार ५ सय २० ईभी नेपाली बजारमा भित्र्याएको हो ।

१४ सिट क्षमताको यो माईक्रोबस बनावट ज्यादै आकर्षक रहेकाे र डिजाईन तथा फङ्गसनालिटीका दृष्टिकोणले पनि उत्तिकै बेजोड रहेको कम्पनीले जनाएको छ । अर्वान ट्रान्सपोर्टेसन तथा इन्टर सिटी ट्रान्सपोर्टेसनका लागि किङ्गविन नेपाली आवश्यकतामा निक्कै उपयोगी हुने विश्वास गरिएको छ । ’हाम्रो सवारीहरु अर्वान ट्रान्सपोर्टेसन तथा इन्टर सिटी ट्रान्सपोर्टेसनका लागि उपयोगि छन् र यो नेपाली आवश्यकतामा निक्कै उपयोगी छ,’ जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडका प्रतिनिधिने भने ।

सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरुको रुपमा प्रयोग हुने बस उत्पादन तर्फ चीनकै सर्बाधिक ठूलो उत्पादकको रुपमा परिचित रहेको छ ।

साे बिद्युतिय माइक्रो बस कर्पोरेट क्षेत्र, ट्राभल्स एण्ड टुरका साथै सार्वजनिक यातायातका प्रयोग गर्न सकिने श्री इको भिजिनरी प्रा.लि अध्यक्ष उमेश श्रेष्ठले बताए । उनले डिजेल इन्जिन भएको माइक्रो बसको तुलनामा यो माइक्रो बढी किफायत हुने र भविष्यका लागि निकै फाइदाजनक रहने पनि जानकारी दिए । ’डिजेल इन्जिन भएको माइक्रो बसको तुलनामा यो माइक्रो बढी किफायती छ  र भविष्यका लागि निकै फाइदाजनक रहेने छ, श्रेष्ठले भने,’ चाईनामा हामीले उत्पादन गरेका स्वचालित सवारीहरु पनि छन् । तर यो माइक्राले अरु माइक्रो भन्दा राम्रो प्रदर्शन गरेको छ । यो बिद्युतिय माइक्रो बस कर्पोरेट क्षेत्र, ट्राभल्स एण्ड टुरका साथै सार्वजनिक यातायातका प्रयोग गर्न सकिन्छ ।’

कार्यक्रममा ईको भिजनरीले जाईमेन किङ्गसँग गरेको व्यापार साझेदारीकाे सफलताकाे लागि बधाई दिँदै नेपाल चीन–केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले जलबाायु परिवर्तनकाे चुनाैतीलाई कम गर्न बिद्युतिय सवारीकाे विस्तार अपरिहार्य रहेकाे बताए । उनले भने, त्यसैले चीन–केरुङ व्यापार संघ भविष्यमा संघतर्फबाट गरिने सबै सहयोगका लागि तयार रहेको छ । तामाङले विश्वभरि नै सम्बन्धित देशका सरकारले विद्युतिय सवारीमा कर छुट तथा सहुलियत प्रदान गर्दै आए पनि नेपाल सरकारले भने यसमा अनावश्यकरुपमा कर लगाउदा उपभोक्ताको ढाड सेकिएको उल्लेख गरे ।

विश्व बजारका यातायात साधनहरुमा आवश्यक विभिन्न गुणस्तरीय मापदण्डहरु पुरा गरेको किङ्ग लङ्ग प्रतिस्पर्धी मूल्य, किफायती संचालन खर्च र सस्ता स्पेयर्सपार्टस्को लागतका माध्यमबाट आफ्ना उपभोक्तालाई बढी लाभान्वित गराउन सफल हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *