USAID

ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरी बढ्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ । राष्ट्र सङ्घीय खाद्य कार्यक्रम (एफएओ) ले यस्तो चेतावानी दिएको हो । पछिल्ला दिनहरुमा ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रीय देशहरुमा बढ्दै गएको खाद्य असुरक्षाका कारण यहाँ भोकमरी बढ्दै जाने अवस्था देखिएको सो कार्यक्रमले जनाएको हो ।

यहाँ हरेक वर्ष खाद्य असुरक्षा बढ्दै गएको र भोकमरीमा परेका नागरिकहरुको संख्या पनि बर्षेनी बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । विश्व खाद्य कार्यक्रमका अधिकारीहरुले सन् २०२१ को तुलनामा यस वर्षमात्र कम्तीमा पनि ४० लाख नागरिक भोकमरीको चपेटामा परेका पाइएको पनि बताएको छ ।

यस क्षेत्रमा सन् २०२० र २०२१ मा सम्ममा करिब ५ करोड ६५ लाख नागरिक भोकमरीको चपेटामा परेका थिए । साथै यसै अवधिमा यहाँका २६ करोड ८० लाख नागरिकहरु खाद्यान्नको असुरक्षाको अवस्था