अर्थमन्त्रीको राजीनामापछि गठबन्धन भत्काउने षड्यन्त्र विफलः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई विवादमा तानेर गठबन्धनलाई समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन् ।

बिहीबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्रीलाई विवादमा तानेर गठबन्धन भत्काउने प्रयत्नमा रहेका शक्तिलाई शर्माले राजीनामा दिएर गतिलो जवाफ दिएको बताएका हुन् ।

उनले अर्थमन्त्री शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए । उनले पार्टी र स्वयं आफूले शर्मालाई राजीनामा दिन दबाब नदिएको समेत स्पष्ट पारे । वर्तमान सत्ता गठबन्धन भत्काउन विरोधी शक्तिहरु लागेको र अर्थमन्त्रीलाई विवादमा तानेर गठबन्ध ढाल्ने योजनामा रहेकाहरुलाई अर्थमन्त्रीले राजीनामा दिएर उनीहरुको षडयन्त्र विफल पारेको समेत बताए ।

उनले भने,‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ।’ माओवादी केन्द्रले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । महाधिवेशनले निर्वाचित गरेको पार्टी कमिटीलाई थप गति दिनका लागि विशेष महाधिवेशन गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *