सन्दीपले जमैकाबाट सीपीएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग(सीपीएल)खेल्ने भएका छन् । जमैकाले यस संस्करणको सीपीएलको लागि सन्दीपलाई अनुबन्ध गरेको हो ।

मंगलबार मात्र लंकन प्रिमियर लिग खेल्ने भएका सन्दीपले भोलिपल्ट नै अर्को फ्रेन्चाइज लिग खेल्ने पक्का भएको हो । तल्लावाजले विदेशी खेलाडीको रुपमा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमद वसिमलाई नि भित्र्याएको छ ।

सन् २०२१ को संस्करणमा गुमाएका सन्दीपले हालसम्म ३ सिजनमा २२ खेल खेल्दै २७ विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *