USAID

नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण, कम्तीमा ३०० कैदी फरार

नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले मङ्गलबार गरेको आक्रमणमा एक कैदीको मृत्यु भएको छ भने कम्तीमा ३०० कैदी फरार भएका छन् । घटनामा अन्य तीन जना घाइते भएका पनि बताइएको छ । आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए ।

उनीहरूले करिब ६०० जना कैदीबन्दीलाई छुटाएपनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा संख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिकमामिला मन्त्रालयका स्थायी सचिव शुइबु बेगोरले बताए ।

बेगोरले बताएअनुसार कट्टरपन्थी समूह बोको हरामका लडाकू दस्ताले आक्रमण गरेको आशंका गरिएको छ । उनका अनुसार केही बोको हराम सदस्य र पुर्पक्षका लागि खडा भएका वा पहिल्यै दोषी ठहरिएका उच्च–प्रोफाइलका सरकारी अधिकारीसहित ९९४ कैदीहरू उक्त सुधार गृहमा रहेका थिए ।

 

CivActsAd

Leave a Reply

Your email address will not be published.