राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमका लागि टोली परिचालन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बिदाइ गरिएको छ । बुधबार राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे । कार्यक्रम उपत्यकाका तीनसहित २१ जिल्लामा सञ्चालन गरिने छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, इलाम, ओखलढुङ्गा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, कपिलवस्तु, बाँके, जुम्ला, सुर्खेत, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा कार्यक्रम हुनेछ । कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब ४ हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिए ।

प्रशिक्षार्थीलाई नेपाल केआइएफ कुरोदय सङ्घ र नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घले आत्मरक्षासम्बन्धी तालिम दिने छन् । फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइने छ । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विज्ञहरूले मनोविज्ञानसम्बन्धी प्रशिक्षण दिने छन् । कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *